काठमाडौँ । गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । उनले नेपालीसँगै हिन्दी भाषामा पनि थुप्रै गीत गजलहरु गाइसकेका छन् । नेपाली र अन्य भाषामा बिगत चार दशकदेखि गीत गाउँदै विशेष योगदान पुर्याएको भन्दै शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ मा उनलाई सम्मान गरिएको हो ।
भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट सो समिटमा गायक कार्कीलाई सम्मानित गरिएको छ । विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको बीचमा गरिएको यो सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताएका छन् ।
गायक आनन्द कार्कीले विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरुमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगीतलाई पुर्याएका छन् । उनले भारतमा पनि कैयौँ सांगीतिक कार्यक्रममा आफ्ना गीत संगीत प्रस्तुत गरिसकेका छन् । यही योगदानको कदर स्वरुप ग्लोबल समिट सम्मानबाट आयोजक पक्षले उनलाई सम्मानित गरेको हो ।






