जारी २ ट्रेलरमा दर्शकको चासो

काठमाडौं । फिल्म ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । यो फिल्मको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ ।

ट्रेलरले १३ लाख बढी भ्युज पाएको छ । ट्रेलरको कमेन्टबक्समा अधिकांशले फिल्म हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन् । त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको प्रतिक्रिया पनि कमेन्टबक्समा हेर्न सकिन्छ ।

फिल्मको ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।