हरर फिल्म फेस्टिभलमा इण्डोनेसियाका लाबिनेक उत्कृष्ट

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको काठमाडौं हरर फिल्म फेस्टिभल आइतबार साँझ कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा सम्पन्न भएको छ । तीन दिने उत्सवले विश्वका विभिन्न देशका फिल्मकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको अद्भुत संगम प्रस्तुत गर्यो ।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित यो फेस्टिभलले हरर फिल्मलाई कला र संस्कृतिको अभिव्यक्ति स्वरूप प्रस्तुत गर्यो । रुस, इन्डोनेशिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्महरू फेस्टिभलमा देखाइएका थिए ।

फेस्टिभलमा इण्डोनेसियाको ‘लाबिनक’ले ‘सर्वश्रेष्ठ फिचर फिल्म’, मेक्सिकोको ‘ए इयर अफ म्यारिज’ले ‘सर्वश्रेष्ठ छोटो फिल्म’, बंगलादेशको ‘फरेनर्स अन्ली’ले ‘सर्वश्रेष्ठ युवा फिल्म’ र भारतको ‘बोक्सी’ ले ‘जुरी अवार्ड’ जित्यो ।