काठमाडौं । साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् ।
थ्री ई इन्टरटेन्मेन्टले महेश र अस्मितालाई फिचर्ड गर्दै आयोजना गरेको कार्यक्रम करिब साढे २ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।
भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित मःम फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५००० भन्दा बढीको सङ्ख्यामा दर्शक उपस्थित भएको आयोजकका तर्फबाट सुरेश सापकोटाले जानकारी दिए ।
परदेशमा रहनु भएका नेपालीसँग तिज दसैँ तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाड सँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताए ।






