काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो फिल्म मंसिर १८ गते रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको फिल्मले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यो फिल्म यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।
नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।
‘हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्यौँ,’ निर्माता विनोद पौडेलले भने, ‘सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौँ ।’ उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन् ।
फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा छन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।






