कंगाल करोडपतिको घोषणा

काठमाडौं। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु सिनेमा ‘कंगाल करोडपति’ को निर्माता कैफ खान रहेका छन्। कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्।

फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी रहेका छन्। फिल्मका लािग अन्य कलाकार खोजि कार्य भई रहेको निर्देशक श्रेष्ठले बताए ।

निर्माण टिमका अनुसार फिल्म फागुन महिनाबाट छायांकनमा जाने तयारी भइरहेको छ। एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था फिल्ममा समट्ने निर्माण टिमले बताए।