मुगलान टिजरमा मजदुरी गर्ने युवाको संघर्ष

काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार फिल्मको टिजर युना डिजिटल युटुब च्यानलमार्फत गरेको हो।

३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवो परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुगेको देखाइएको छ । जहाँ उनले पाएको सास्ती र यता साहुले गरेको अत्याचारबीचको कथालाई देखाइएको छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ।

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्गबहादुर पुन(खबपुु), राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी छिन्। तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व रहेको फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफी देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीतमा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी)का शब्द छन्। फिल्मको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।