बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । श्वास लिन समस्या भएपछि उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका थिए । धर्मेन्द्र भारतीय फिल्मका सबैभन्दा लोकप्रिय सुपरस्टारमध्ये एक थिए । उनले बलिउडलाई झण्डै ३ सय बढी फिल्म दिए । उनी बुढ्यौली उमेरमा पनि फिल्ममा सक्रिय थिए ।

धर्मेन्द्रले करियरको सुरुवात सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट गरेका थिए । यसपछि उनले ‘आई मिलन की बेला’, ‘फूल और पत्थर’, ‘आए दिन बहार के’ जस्ता फिल्ममा काम गरे । ‘फूल और पत्थर’बाट उनले लोकप्रियता पाए । सन् १९६०–१९८० को बीचमा उनले ‘आंखें’, ‘शिखर’, ‘आया सावन झूम के’, ‘जीवन मृ्त्यु’, ‘सीता और गीता’, ‘यादों की बारात’, ‘शोले’, ‘दोस्त’, ‘गुलामी’, ‘धरम वीर’, ‘गुलामी’, ‘हुकुमत’, ‘चरस’, ‘एलान ए जंग’जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरे ।

धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पन्जाबमा भएको थियो । उनको पुरा नाम धर्मेंद्र सिंह देओल थियो । तर पछि उनी धर्मेन्द्रको नामले चिनिए । उनी अभिनेतासँगै निर्माता र राजनेता पनि थिए । उनी लोकसभा क्षेत्र बीकानेरका सांसद थिए । उनी १५ औं लोकसभा सदस्य पनि थिए । सन् २०१२ मा उनलाई भारत सरकारद्वारा तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट पनि सम्मानित गरिएको थियो ।