तुरुपको दु का बन्ने

काठमाडौँ । पर्यटकीय नगरी सौराहका कलाप्रेमी युवा समूहको सक्रियतामा फिल्म ‘तुरुपको दु का’ निर्माण हुने भएको छ । गत शनिबार चितवनको रत्ननगर नगरपालिका ८ मा रहेको चित्रसारी मन्दिरमा फिल्मको मूर्हतसंगै निर्माण घोषणा भएको हो ।

समसामयिक कथावस्तुमा आधारित फिल्ममा देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।

बराली प्रोडक्शन व्यानरमा निर्माण हुने फिल्ममा हिरा चौधरीको निर्देशन रहने छ । फिल्म चितवन र मकवानपुरका विभिन्न स्थानमा छायांकन हुनेछ ।