द ब्ल्यू लाइटको पोस्टरमा प्रमुख कलाकार

काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा फिल्मका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।

बलिराम चौहानको निर्देशन रहेको फिल्म पुस १० गतेबाट रिलिजमा आउँदै छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको फिल्म स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो । फिल्मको को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।