काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, फिल्मको निर्माण टिम हिजो गत शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर फिल्मको प्रचार गरेको हो ।
झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूल पुगेर फिल्मकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै फिल्म हेर्न आग्रह गरेका थिए ।
आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्मले पछिल्लो समय नेपाली फिल्ममा पारिवारिक फिल्मको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको निर्देशक पौडेलले बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।
फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।






