ओभरसिज बजारलाई अभिमन्युको हिन्दी भर्सन टिजर

काठमाडौं । मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।

फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । निर्माण पक्षले भारतसहित ओभरसिज बजारलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान देख्न सकिन्छ । फिल्मको मुख्य पात्र नै कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्सको कथा फिल्मले भन्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।