काठमाडौं । तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ को नया गीत ‘ह्याप्पी बर्थ डे’ सार्वजनिक भएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्मको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज टंक बुढाथोकी रहेको छ ।
फिल्म टिमले गीत सार्वजनिकसँगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क फिल्म हेर्न पाउने छन् । फिल्मका निर्माता तथा निर्देशकले टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरेमा निर्माण टिमले टिकटको पैसा फिर्ता गर्ने बताएका छन्।
फिल्म आज २० औं दिनमा प्रदर्शनमा भईरहदा ३ करोड ६० लाख बढीको कलेक्सन गरिसकेको छ । फिल्मले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।
फिल्ममा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ,रवीन्द्र झा,पार्वती अधिकारी , एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।






