धर्मेन्द्रको निधनसँगै रोकियो अपने सिक्वेल

मुम्बई(एजेन्सी) । अभिनेता धर्मेंद्रको निधनसँग १८ वर्षअघि रिलिज फिल्म ‘अपने’को सिक्वेलको निर्माणको काम सदाका लागि रोकिएको छ । ६ दशक लामो करियरमा ३ सय भन्दा बढी फिल्म दर्शकलाई दिएका धर्मेन्द्रको निधनसँगै ‘अपने २’को काम रोकिएको हो । १८ वर्ष अघि रिलिज फिल्म ‘अपने’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

फिल्मका निर्देशक अनिल शर्माका अनुसार अब फिल्मको सिक्वेलको काम हुँदैन । ‘धर्मेन्द्रजी विना यो फिल्म बन्दैन । हामीलाई धर्मेन्द्रजीले छोडेर जानुभयो । सबै तयारी करिब करिब पुरा भइसकेको थियो । कथा पनि तयार भइसकेको थियो, तर अब उहाँ बिना सिक्वेल सम्भव छैन । केही सपना अधुरै हुन्छन् । उहाँ बिना अपने २ कहिल्यै हुनसक्दैन’, शर्माले भनेका छन् । सन् २००७ मा रिलिज बाबु र छोराको सम्बन्धको कथाको फिल्म ‘अपने’ मा धर्मेन्द्रसँगै उनका दुई छोरा सनी र बबीको पनि अभिनय थियो ।

धर्मेन्द्रको अभिनय रहेको पछिल्लो फिल्म ‘एक्कीस’ आगामी डिसेम्बर २५ मा रिलिज हुँदैछ ।