लव एण्ड वार र रामायणका कारण तनावमा रणवीर

मुम्बई(एजेन्सी) । अभिनेता रणवीर कपूरलाई आधुनिक समयमा बलिउडको ठूलो सुपरस्टार मानिन्छ । जोसँग फिल्मको लाइन नै छ । फिल्म ‘एनिमल’को ऐतिहासिक सफलतापछि सञ्जय लीला भन्सालीको ‘लव एण्ड वार’, त्यसपछि ‘रामायण’, ‘रामायण २’ र ‘एनिमल पार्क’मा देखिँदैछन् ।

फिल्म ‘रामायण’ र ‘रामायण २’ दिवाली २०२६ र दिवाली २०२७ मा रिलिज हुँदैछ । तर ‘लव एण्ड वार’को रिलिज मितिबारे केही जानकारी बाहिर आएको छैन । यो फिल्मको सुटिङ पहिले नै कैयौंपटक सरिसकेको छ । जसकारण उनी तनावमा छन् । तर अब रणवीरले यो फिल्मप्रति गम्भीरता देखाउँदै महत्वपूर्ण कदम उठाएका छन् ।

उनले भन्साली र उनको टिमलाई ‘लव एण्ड वार’लाई मार्च २०२६ सम्म लैजान सुझाएका छन् । ‘रणबीर ‘लव एण्ड वार’ र ‘रामायण’को रिलिज बीचको खाली समय चार महिनाको होस् भन्ने चाहन्छन् । किनकी ‘रामायण’को मिति परिवर्तन हुने सम्भावना छैन । त्यसकारण उनले भन्सालीसँग ‘लव एण्ड वार’लाई जून २०२६ सम्म थिएटरमा ल्याउन सुझाव दिएका छन्’ रणवीर निकट स्रोतले भन्यो

भन्साली आफ्नो फिल्मलाई अगस्तमा स्वतन्त्रता दिवसको मौकामा ल्याउन चाहन्छन् । तर रणवीर ‘लव एण्ड वार’ र ‘रामायण’को ग्याप कम हो भन्ने मान्दछन् । रणबीरका निर्माता नमित मल्होत्रा पनि फिल्म जूनमा रिलिज होस् भन्ने चाहेका छन् । किनकी उनी ‘लव एण्ड वार’ को असर ‘रामायण’ भन्ने चाहदैनन् ।