मिस कोस्मोमा नेपालकी दीपशिखा

काठमाडौं । आगामी डिसेम्बर २० मा भियतनामको हो चि मिन्ह सहरको क्रिएटिभ पार्कमा आयोजना हुन लागेको ‘मिस कोस्मो २०२५’ मा सहभागी हुन ‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपाल बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

उनलाई मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित लगायतले त्रिभूवन विमानस्थलमा बिदाई गरे ।

प्रतियोगितामा ८० मुलुकका सुन्दरी प्रतिष्पर्धी छन् । आयोजक युनी मिडियाका अनुसार भियतनामका विभिन्न सहर र प्रदेशमा सांस्कृतिक र सामाजिक प्रदर्शनमा प्रतियोगीलाई सहभागी गराइनेछ ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले आज बिहीबार जापानको टोकियोमा हुने ‘मिस इन्टरनेसनल २०२५’मा प्रतिष्पर्धा गर्दैछिन् ।