डल्लेले इन्ट्री मार्यो पोस्टरमा एक्लो सागर

काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सागर लम्साल ‘बले’ तनावमा भाव देखिएका सागर चुरोट सेवन गरिरहेका छन् । पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।

फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा र करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ। फिल्म राजु गिरीको निर्देशनमा तयार भएको हो। फिल्ममा लक्ष्मण सुवेदीको पटकथा र संवाद छ ।

फिल्ममा सागरका अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के सी नबराज गिरि लगायत कलाकारको अभिनय छ। निर्देशक राजु गिरी स्वयं ले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी,रोनिश खड्का र काजल गिरी रहेका छन् ।

फिल्ममा मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन्। फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ।