काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’को प्रचारप्रसारका लागि अष्ट्रेलियामा बस्दै आएका फिल्मका दुई प्रमुख कलाकार आरए सुरज पौडेल र विनिता कार्की नेपाल फर्किएका छन् । एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतसँगै उनीहरु नेपाल फर्किएका हुन् ।
निर्देशक बस्नेतले फिल्मको हाइप बढाउन नायक नायिकालाई लिएर अष्ट्रेलियाबाट नेपाल फर्किएको बताए । ‘फिल्मलाई दर्शकमाझ पुर्याउन कलाकारको पनि ठुलो हात हुन्छ,’निर्देशक बस्नेतले भने,‘त्यसकारण नायकनायिकालाई नै लिएर नेपाल फर्किएको छु।’
फिल्मका नायक पौडेलले फिल्मको कलाकार खोजि भइरहेको आफूहरुले सुनेकाले फेरि त्यस्तो खोजी नहोस् भनेर आफू नेपाल आएको बताए । नायिका कार्कीले पनि फिल्मको प्रचार र यहाँका दर्शकसँग भेटघाटका लागि नेपाल आएको बताईन्। उनको यो डेब्यु फिचर फिल्म हो।
यो फिल्ममा समावेश गीत ‘टाटा बाई बाई’यति बेला चर्चामा छ। फिल्ममा नीर शाह, गौरी मल्ल,राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के।सी।, र दिक्पाल कार्की देखिने छन्।
यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर।आर। फिल्म्सले लिएको छ। स्मरण रहोस्,यो फिल्म निर्देशक शोभित बस्नेतको दश वर्षपछिको कमब्याक हो। केहि साताअघि मात्रै जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेको थियो।






