काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक भएको छ। यहि मंसिर २६ गते रिलिज हुने फिल्मको सार्वजनिक २ मिनेट ३० सेकेन्डको ट्रेलरमा कमेडी र पारिवारिक कथालाइ उठाउन खोजिएको छ।
काजी लिम्बुले लेखेको फिल्ममा रञ्जित रानाको निर्देशन छ । फिल्ममा अभिनेता एसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायतको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङबाको छायांकन, अशोक रोक्काको श्रृंगार र गौतमराज खड्काको सम्पादन छ ।
फिल्ममा शंकर अधिकारी, डा.ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ।






