गंगा र शम्भुको प्याउली

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल ६’ की विजेता गंगा सोनाम र गायक शम्भु बराइलीको स्वर रहेको ‘प्याउली’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अमृत भारतीको शब्द, शम्भु बराइलीको लय संकलन, रामकुमार नेपालीको संगीत संयोजन रहेको गीतको भिडियोमा लोमश शर्मा र आयुष्मा कार्की लगायतको अभिनय छ ।

भारती पिक्चरको ब्यानरमा निर्मित भिडियोमा अविनाश श्रेष्ठको छायांकन, प्रगति सुब्बाको सम्पादन, कविता तोलांगेको शृंगार, प्रवेश घतानीको कोरियोग्राफी र रामकुमार नेपालीको निर्देशन छ ।