आशिष र एलिनाको पुतलीमा ३ करोड बढी दर्शक

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईंको संगीत र आशिष अविरल तथा एलिना चौहानको स्वर रहेको ट्रेन्डिग गीत ‘पुतली’लाई तीन करोड बढी दर्शकले हेरेका छन् । गीतमा निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा माष्टरिङ छ ।

गीतले ३ करोड बढी दर्शक पाएकोमा निर्माण टिमले संगीतकार बजगाईंकै म्यूजिक किचेन स्टुडियोमा केक काटेको छ । सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजबंशीलगायतको अभिनय छ ।

शियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रवीन भट्टको दृश्य सम्पादन, मिलन विश्वकर्माको कलर, ज्योति केसी र नवीन खड्काको शृंगार र निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ । प्रकास घिसिङ र अरुण तिवारी निर्माता रहेको भिडियो एपी चलचित्र प्रोडक्सन युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।