काठमाडौं । समाजसेवी तथा गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक भएको छ । मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत छ । गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा एलिस राई र ममता खालिङ राईको अभिनय छ । भिडियोका निर्देशक एलिस नै हुन् । भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर ग्रेडिङ छ ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा जन्मिएकी ममता हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् । कलाकार रोशन राई र ममता राईको निर्माण रहेको भिडियो ममता राई युटयुब च्यानलबाट सार्बजनिक भएको छ ।






