परिवर्तनको पाकेको चिउरीमा सुशील र अञ्जना

काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को एक गीतको जर्सिङ पौवामा छायांकन गरिएको छ। यसडी योगी र रेश्मा पुनको स्वरमा रहेको गीत ‘पाकेको चिउरी’को सुटिङ गरिएको हो।

गीतमा फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीको अभिनय छ । उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नँचाएका छन् । गीतमा शिव ढकालको छायांकन छ । गीतमा एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको अभिनय छ । एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा विजय केरूङको निर्देशन छ। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।