काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक पाँच सय शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो फिल्मले पहिलो सातामै उच्च शो पाएको हो ।
फिल्मका सह–निर्माता रमेश चौलागाईंले दर्शकको चाप उच्च भएकाले शो अझै थपिने बताए । यी देशमा फिल्म बिहीबारबाट प्रदर्शनमा आउँदै छ । ‘नेपालमा यो फिल्मले राम्रो रिभ्यू पाएको छ । जनरा फिल्ममा उत्कृष्ट फिल्म बनेको समीक्षकहरूबाट समीक्षा आएको छ । समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ,’ उनले भने ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माता छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा,सरिता गिरी, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल र किरण श्रेष्ठको अभिनय छ ।






