काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत ‘कर्नाली सलल’ सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छ ।
उमेरमै मायाप्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो ।
गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ । गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । कृजन महतले भिडियो निर्देशन गरेका छन् । यो गीत झुमाले करिब दश वर्षअघि नै गाए पनि भिडियो भने अहिले निर्माण भएको हो ।






