पलसँग कोमलको तानातान हानाहान स्याउली बजारमा

काठमाडौँ । गायक विशाल सोनी र शान्तारानी परियारको स्वरमा गीत ‘तानातान हानाहान स्याउली बजारमा’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत र एचबिएन किस्मतको एरेन्ज छ ।

भिडियोमा पल शाह र कोमल नेपालीको अभिनय छ । मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । भिडियोमा गायक विशालले पनि मोडलिङ गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र मौसम हिमालीको निर्देशन छ ।

विशालले गाएको ‘मकै बारी दर्याम दर्याम’ र शान्तारानीको ‘म त ढले ढले’ गीत लोकप्रिय गीतमा पर्छन् ।