काठमाडौँ । आगामी ९ माघमा रिलिज हुने फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । सवा १ मिनेटको टिजरमा देशको राजनीति, देशप्रेम, सम्बन्ध, जिम्मेवारी र जेनजी आन्दोलनलाई प्रस्तुत गरिएको छ । रमेश कोइराला निर्देशित फिल्मको कथाकार र निर्माता दिनेश कोइराला हुन् ।
निर्देशक कोइरालाले फिल्मलाई मनोरञ्जनसँगै विचारको रुपमा हेर्नुपर्ने भएकाले फिल्म निर्माण गरिएको बताए । कोइरालाले यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायतको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स् र श्री ब्यांकेट्स इन्टरटेनमेन्टले गर्दैछ ।






