तिमी भए काफीमा रोमान्टिक आना र समीर

काठमाडौं । आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ को गीत ‘तिमी भए काफी’ सार्वजनिक भएको छ । गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठलाई रोमान्टिक भावमा देखाइएको छ ।थाइल्याण्डको रमणीय लोकेशनमा खिचिएको गीतमा आना खुलेकी छिन् ।

समीरकै स्वरमा समावेश यो गीतमा सास्वतको संगीत छ । गीतमा झोलेको डीओपी छ । सुदिप्ताले निर्देशन गरेको फिल्मका निर्माता सागर लम्साल हुन् । यो फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ ।

सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।