सरोज भन्छन्–सिन्दुरे जात्राको कथा नुवाकोटको सिन्दुरे जात्रासँग मिल्दैन

काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल नयाँ फिल्म ‘सिन्दुरे जात्रा’लाई आगामी जेठदेखि छायांकनमा लैजाने तयारी गर्दैछन् । फिल्ममा कलाकार को छन् भन्ने कुरा उनले सार्वजनिक गरेका छैनन् ।

फिल्मको कथाबारे पनि उनले केही खुलाएका छैनन् । तर यो नाम नुवाकोटमा हुँदे आएको सिन्दुरे जात्रासँग मिल्छ । ‘नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै फिल्मको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो’, उनी भन्छन्, ‘सिन्दुरे जात्रासँग कहीँ कतै फिल्म जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने फिल्म होइन ।’ निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए ।

सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको फिल्ममा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।