काठमाडौं । अभिनेता पल शाह र मोडल अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो।
सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथा देखाइएको छ । गीतको भिडियोलाई कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् । गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको गीतमा शब्द र संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।
यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। यस अन्तरालमा आधा दर्जन भन्दा बढि नेपाली फिल्ममा अभियन गरिसकेकी छिन्। फिल्म ‘नम्बरी सुन’,‘दान्भी’,‘रावायण’,‘आउट ल’लगायतमा उनको अभिनय रहेको छ।






