काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो। निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो।
निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको बताए ‘सबै ठाउँमा फिल्म हल छैन। कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’निर्देशक बस्नेतले भने,‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत फिल्म प्रसारण गर्न लागेका हौँ।’
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आरएसुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के।सी।नेपाल, र दिक्पाल कार्की छन् ।
यस फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।







