भाग्यले मिचिएको मान्छेमा विराज र गीता

काठमाडौं । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरबाट निर्माण भएको गीत ‘भाग्यले मिचिएको मान्छे’ को भिडियो सार्वजनिक भएको छ। भिडियोमा विराज विष्ट र गीता पन्थीको अभिनय छ ।

गीतमा एलिना चौहानको स्वर र ऋषि खड्काको शब्द तथा संगीत छ । गीतको एरेन्ज कमल सौरागले गरेका छन्। भिडियोमा श्याम तामाङको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलर तथा ड्रागन पिक्चर्समा पोस्ट–प्रोडक्सन छ ।

गीतको कथा तथा निर्देशन सिर्जन बरालले गरेकी हुन् । मेकअपमा स्वास्तिका श्रेष्ठ, र पोस्टर डिजाइनमा राकेश दाहल छन् । गीत सीएम डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।