काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो।
जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए। उनका अनुसार यस अघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई,कतार,बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतको मुख्य भुमिका रहेको छ।







