काठमाडौं । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत ‘गोबर गणेश’ सार्वजनिक भएको छ । गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर तथा शब्द र संगीत बाबुल गिरीको छ । गीतको भिडियो, शब्द र संगीतले फिल्मको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षलाई देखाइएको छ । गीतले पढाई कमजोर हुँदा आत्मविश्वास कसरी गिर्छ भन्ने देखाएको छ ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले अभिनय गरेका छन् । फिल्म आगामी माघ १ गते रिलिज हुँदैछ । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।







