काठमाडौँ । रश्मिलाज फेसियल हाउसले आफ्नो चौथो आउटलेटको रूपमा काठमाडौँको बुढानीलकण्ठस्थित हात्तीगौँडा नयाँ ‘रश्मिलाज फेसियल हाउस’ सुरुआत गरेको छ । हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा बिहीबारबाट सञ्चालन भएको आउटलेटको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री एवं निर्देशक दिपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले शुभारम्भ गरे ।
२ दशक बढी समय अमेरिका बसेकी समी रेग्मी अधिकारीसँगको सहकार्यमा हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्धनिर्देशक प्रकाशकुमार श्रेष्ठले यो शाखा सञ्चालनमा ल्याएका हुन् ।
कार्यक्रममा हाउसकी अध्यक्ष एवं अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन सुनधारास्थित काठमाडौँ मलबाट रश्मिलाज फेसियल हाउस सुरु गरिएको स्मरण गरिन् । उनका अनुसार हाल यसको गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मलमा पनि शाखा छ । उनले चाँडै यसको अरू शाखा काठमाडौँ उपत्यका बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइन् ।
बोर्ड अध्यक्ष डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने हाउसबाट आफूले लामो समयदेखि सेवा लिएको बताउँदै नयाँ शाखाको सफलताको कामना गरे । अभिनेत्री हमालले पनि काठमाडौँ मलमा आफूले सेवा लिएको हाउसको चौथो शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । अभिनेत्री एवं निर्देशक निरौलाले अन्तर्राष्ट्रियस्तरको सेवा भएकै कारण हाउसबाट आफूले लामो समयदेखि सौन्दर्यसम्बन्धी सेवा लिँदै आएको बताइन् ।







