काठमाडौँ । सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एव द भ्वाइस अफ नेपालका कोच गायक राजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ । गीतमा सुरेश राइको शब्द तथा संगीत र फरिन्द्र राइको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा प्रभातपाल ठकुरी र स्मारिका ढकाल अभिनय रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोमा पुनम श्रेष्ठको निर्देशन छ । भिडियो हाइटेक इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।







