काठमाडौं । अभिनेता पुष्पल खड्काको अभिनय रहेको गीत ‘प्यारी छोरी’को भिडियो सार्वजनिक भएको छ । सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा मोहन वान्तवाको शब्द, महेन्द्र राईको संगीत र राजेशपायल राई र सुमाम्साको स्वर छ ।
माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतमा राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन छ । गीतको भिडियोमा बाबु र छोरीबिचको प्रगाढ मायालाइ दर्शाएको छ ।
भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवाको अभिनय छ । सुमामसा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटकको प्रशिक्षण तथा नृत्य क्लास पनि लिइरहेकी छिन ।







