पारसप्रति चिन्तित कृषा

काठमाडौं । निर्देशक कृषा चौलागाई हालै भारतको फिल्म नगरी मुम्बई पुगेर फर्किएकी छन् । पछिल्लो एक्सन फिल्म ‘पिताम्बर’ कारण एक्सन निर्देशकको पहिचान बनाएकी कृषा यतिबेला तेस्रो फिल्म ‘पारस’को तयारीमा छिन् । यो फिल्म पनि एक्सन जनराकै हुनेछ ।

यो फिल्म छायांकनमा जानुअघि उनी मुम्बई गएकी थिइन् । आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको धेरै काम सकिसकेको छ।

कृषाका अनुसार उनले मुम्बईमा केही फिल्ममेकरसँग भेटघाट गरेकी थिइन् । तर के विषयमा कुराकानी गरिन् भन्ने उनले खुलाएकी छैनन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा राखेको तस्वीर हेर्दा उनी कुनै एक फिल्मको सुटिङ सेटमा रहेको बुझ्न सकिन्छ ।

उनले मुम्बईमा खिचेको एक तस्विर सार्वजनिक गर्दै ठुलो सपना बोकेर हिडेको उल्लेख गरेकी छन। उनी लेख्छिन्,‘ ‘ठूलो सपना बोकेर निस्किएको मान्छे,पारस।’ उनको यो स्टाटस पढ्दा उनी पारस प्रति चिन्तित रहेको बुझ्न सकिन्छ ।