प्रनितालाई मिसेस हिमालयन नेपाल २०२५ को ताज

काठमाडौं। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस हिमालयन नेपाल’को उपाधि प्रनिता क्षेत्रीले जितेकी छन् । प्रतियोगितामा फस्ट रनर अपमा परदेशी श्रेष्ठ र सेकेण्ड रनर अपमा पारु थापा भए। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम मुलुककै विवाहित महिलाहरुको जेठो सौन्दर्य प्रतियोगिताको रुपमा यसपाली १२ औं संस्करण पार गरेको छ।

कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दुई सातासम्म दर्जन प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती बौद्धिक बिकास, फोटो(भिडियो सुटलगायतका प्रशिक्षण लिएका थिए। कोरियोग्राफर हिमानीले विवाहित महिलाहरुले पनि उचित ठाउँ र तालिम पाएमा हरदम आफूलाई अबल सावित गर्ने र यसपालीको प्रस्तुतीले आफू प्रफुल्लीत रहेको बताइन्।

कार्यक्रममा विविध सब टाइटलहरुसमेत वितरण गरिएको थियो। जसमा मोस्ट डाइनामिक प्रनिता क्षेत्री, मोस्ट स्मार्ट धनु लिम्बु, मोस्ट ग्रेसफुल अपेक्षा मुखिया, मोस्ट याक्टिभ आकांक्षा गजमेर, वेस्ट फोटोजेनिक पारु थापा, वेस्ट ट्यालेन्ट परदेशी श्रेष्ठ, मोस्ट डिसेन्ट रोशनी यादव, मोस्ट प्यासोनेट सृजना थापा मगर, पब्लिस च्वाइस भिडियो आकांक्षा गमजेर, मोस्ट डेडिकेटेड सृजनादेवी श्रेष्ठ, मोस्ट डिलिजेन्ट विमला महर्जन मानन्धर, पब्लिक च्वाइस अपेक्षा मुखिया, मोस्ट पपुलर सृजनादेवी श्रेष्ठ, वेस्ट मल्टिमिडिया विनर आकांक्षा गमजेर भए ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेत्री तथा नृत्यांगना पवित्रा आचार्य, मोडल तथा मिस्टर ह्याण्डसम नेपाल २०१८ अभिषेक खड्का, मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी, मिसेस ग्लोबल नेपाल २०२५ तथा बैंकर इन्दिरा घिमिरे र मिसेस नेपाल आइडल २०२५ सितल याक्सो लिम्बु रहेका थिए।

महिलाहरुमा निहीत प्रतिभा प्रस्फुटनको उद्देश्यका साथ एक दशक अगाडि सुरु भएको सो कार्यक्रम सोही क्रमको निरन्तरता भएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए।