काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार माल्टाका वितरक सुवास ढकाल र विकाश ढुंगानाले किनेका छन् । निर्माण पक्ष र दुई वितरकबीच हालै सम्झौता भएको छ । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म राम्रै रकममा बिक्री गरेको दाबी ग्रे ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।







