जुनसँग के दाँजु रमा भुवन र अर्विसा

काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जुनसँग के दाजु र’ को भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोका मोडल भुवन लोहनीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भुवन अमेरिकामा बसेर गीत लेखनमा सक्रिय छन् ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको गीतको भिडियो गत महिना नेपाल आएको बेला भुवनले बनाएका हुन् । गीतको सगीत संयोजन साहस शास्यले गरेका हुन भने यसमा मिक्सिङ तथा मास्टरिड किशोर थापाको रहेको छ ।

भिडियोमा नव मोडल अर्विसा थापासँग गीतकार तथा मोडल भुवन लोहनी आफैँले मोडलिङ गरेका छन् । गीतको भिडियो लमजुङमा छायांकन गरिएको छ । भिडियोको निर्मातामा सविता घले मोहनी रहेकी छिन् । यो गीतको भिडियोमा कृष्णबहादुर थापाको निर्देशन र छायांकन छ ।