काठमाडौँ । कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक गरिएको छ । क्यानडामा बस्दै आएका गीतकार तथा गायक उत्तम भट्टराईको गीत र स्वर, सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तयार भएको गीतमा मनोहर सोनामको एरेन्ज छ ।
भिडियोमा विकास लामिछाने, लिसा क्षेत्री (बर्नवाल), प्रमिला रुपाखेती र बाल कलाकार प्रवेश पौडेलको अभिनय छ । कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायाङ्कन र मीन रावलको सम्पादन रहेको छ । गीतमा भोला पौडेलको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ, माष्टरिङ रहेको छ ।
कलाकार पन्तले सदाबहार गीतको भिडियाबाट अभिनयमा कम ब्याक गर्न पाउँदा खुसी लागेको बताए । निर्देशक रुपाखेतीले माया पिरतीका कथामा भिडियो निर्देशन गरिरहे पनि जीवन्त सृजनामा काम गर्नुलाई सुखद अध्यायको रूपमा लिएको बताए । रुपाखेतीले हजार बढी भिडियो निर्देशन गरिसकेका छन् ।







