रमिताको पिरतीको जुनी भरमा आना र विनय

काठमाडौं । सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक भएको छ । माघ २३ गतेबाट फिल्म रिलिजमा आउँदैछ बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

गीतमा फिल्मका मुख्य २ कलाकारहरु आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत समावेश छ । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ ।

सुनिल सिभाकोटीको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।