बोक्सीको घरपछि पेट्रोल पम्प बनाउँदै केकी

काठमाडौं । निर्माता तथा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’पछि फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन् । फिल्ममा ‘बोक्सीको घर’कै निर्देशक सुलक्षण भारती र उनको टिम हुनेछ ।

केकीले बोक्सीको घर रिलिजको समयमा कुनै चाखलाग्दो प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने भनेको स्मरण गर्दै त्यो सहकार्य पेट्रोल पम्पमा जोडिएको बताइन् । फिल्ममा सुलक्षण भारतीको निर्देशन र कथा हुनेछ ।

सोसल ड्रामा फिल्म ‘पेट्रोल पम्प’ विसं २०८३ मा रिलिज हुनेछ । फिल्मका अन्य कलाकारबारे निर्माण पक्षले केही खुलाएको छैन । फिल्म ‘बोक्सीको घर’मा केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् ।

बद्री अधिकारी निर्माता रहेको फिल्मले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । यो फिल्मको गीत ‘बुझिन मैले’ चर्चित बनेको थियो ।