सहर–सहरमा बिगुलको प्रचारप्रसार

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’का निर्माता तथा निर्देशक फिल्मको प्रचारप्रसारका लागि नेपालको पूर्वी क्षेत्रका सहरमा पुगेका छन् । झापा, इटहरी ,बिराटनगर, धरान लगायतको सहरमा फिल्मका निर्देशक रमेश कोइराला टिम लिएर पुगेका हुन् । उनीहरुले इटहरीमा मिडिया तथा फिल्मसग सम्बन्धित ब्यक्ति तथा दर्शकहरूसग साक्षात्कार गरेका छन । प्रचारको लागि टिमले बिगुल लेखेको क्यापसमेत बाँडेका छन् ।

निर्देशक कोइरालाले फिल्मले नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखेको बताए । ‘फिल्मले अहिलेको राजनीतिको अवस्थालाई सम्बोधन गरेको छ । देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा फिल्ममा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्नेमा आशावादी छौं’, उनले भने ।

फिल्ममा बेनिशा हमाल, नरेन खड्का,बिनोद न्यौपाने, रमेश बुढाथोकी, सरोज खनाल, नीर शाहलगायतका कलाकारको अभिनय छ । दिनेश कोइरालाको कथा र निर्माण, कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्ममा हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्मा र रविन्द्र खड्काको पनि अभिनय छ ।