शिवांश टिजरः सन्त बने प्रविण

काठमाडौं । फिल्म ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फ टिजर सार्वजनिक भएको हो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन् । मन्दिर अगाडि हातमा त्रिशूल बोकेर पुगेपछि टिजर सकिन्छ ।

फिल्म फागुन ३ गते शिवरात्रीको अवसर पारेर रिलिज हुनेछ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशकमा सन्तोषकुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि छ ।

फिल्मको कथा अञ्जान केसीले लेखेका छन् । फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ । फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत, संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको छ ।

फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको, कोरियोग्राफी विक्रम चोहानको छ । बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको फिल्ममा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोस्ट प्रोडक्सन गरेको फिल्मकोे वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।