काठमाडौं । गायिका बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा बिष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन्। गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।
यो गीत केहि बर्ष अगाडी सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा बिष्णु माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्ज थियो ।
गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ । भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना बिश्वकर्माको अभिनय छ । पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको भिडियोमा गज्जवको टिभीबाट सार्वजनिक भएको हो ।







