नेवारी भर्सनमा आ बाट आमाको लैजा खबर ए हावा

काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सन रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर छ ।

नेवारी भाषामा यहि गीत गाएका यमनले आफु निकै खुशी भएको बताए। बाबुल गिरीको शब्द र संगीत रहेको गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।

निर्देशक चन्द्र पन्तका अनुसार यो गीतलाई अन्य भाषामा पनि अनुवाद गरिँदैछ । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।