काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक भएको छ । गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर तथा शब्द र संगीत मनोज चौलागाईंको छ ।
कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापाको अभिनय छ । भिडियोमा फिल्मका कलाकारहरू रमेश बुढाथोकी, बेनिशा हमाल, विनोद न्यौपाने, गीता अधिकारीलाई पनि देखाइएको छ ।
फिल्ममा रमेश कोइरालाको निर्देशन छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको कथा तथा निर्माण रहेको फिल्ममा नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित, जेएन घिमिरे लगायतका कलाकारहरूको पनि अभिनय छ ।
फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन छ ।







