२९ रिसोर्ट एन्ड फार्म हाउसमा कुटुम्ब गुन्जन

काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले गत शनिबार बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा लाइभ म्युजिक प्रस्तुत गरेको ५ । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको व्याण्डले साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।

कार्यक्रममा व्याण्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गरेको थियो । रैथाने धुनहरूसँगै कुटुम्बले लोकप्रिय गीतका टुक्राहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए । बेलाबेलामा आफूले प्रस्तुत गरेको धुन, त्यसको महत्वबारे प्रष्ट पार्दै ब्यान्ड मेम्बरले प्रस्तुति दिइरहँदा नेवारी रैथाने गीतसंगीतको प्रवर्द्धन पनि भइरहेको थियो ।

‘हाम्रो मुख्य उद्देश्य नै नेपाली मौलिक नेवारी कल्चरलाई प्रवर्द्धन गर्दै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि थियो । हामी हाम्रो संगीतलाई बिस्तारै भुल्दै पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै भव्य र सभ्य मौलिक संगीत पनि छ है भन्ने हो,’ २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक मध्येका एक दिमेश श्रेष्ठले भने, ‘गीतसंगीत र बिजनेसलाई यसैगरी टाइअप गर्दै लैजानुपर्छ । नेपाली गीतसंगीतलाई कर्पोरेटसँग जोड्दै जान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ ।’

दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो ।